मुख्यमन्त्री ममता ब्यानर्जीको सुरक्षालाई अझ सशक्त बनाइने

CM-Mamta-Banerjee-4-3

 कोलकाता:  पश्चिम बङ्गालकी मुख्यमन्त्री ममता ब्यानर्जीको कालीघाटस्थित आवासमा तमाम सुरक्षा व्यवस्थाहरूलाई अदेखा गरी एक व्यक्तिद्वारा कमीजमा रड लुकाएर घुसपैठको घटनाले प्रशासन सतर्क बहेको छ। यसैले आउँदो २१ जुलाईमा शहीद दिवसको कार्यक्रममा मुख्य वक्ताको रूपमा सम्बोधन गर्ने तृणमूल सुप्रिमो ममता ब्यानर्जीको सुरक्षा अझ् कड़ा गरिएको छ। कोलकाता पुलिस स्रोतहरूले मङ्गलबार जानकारी गराएको छ, शहीद दिवस कार्यक्रममा केवल ममता ब्यानर्जीको निम्ति छुट्टै गेट बनाइँदैछ।

धर्मतल्लामा आयोजित हुने पार्टीको यस सबैभन्दा ठूलो कार्यक्रममा सामेल हुनका लागि राज्यभरिबाट तृणमूल कार्यकर्ता र समर्थकहरू कोलकाता पुग्नेछन्। उनीहरूको निम्ति सल्ट लेकको सेन्ट्रल पार्क र कसबाको गीताञ्जली स्टेडियममा बस्ने व्यवस्था गरिएको थियो। अभिषेक ब्यानर्जी सोमबार तयारी हेर्न गीताञ्जली स्टेडियम पुगेका थिए। तृणमूलअनुसार लगभग २० हजार मानिसलाई गीताञ्जली स्टेडियममा राखिनुछ। २१ जुलाईको अवसरमा अलीपुरमा कालीघाटस्थित घरबाट जुन सड़कबाट मुख्यमन्त्रीको लश्कर जानेछ, त्यसका दुवै किनारालाई सजाइएको छ। कोलकाता ट्राफिक पुलिसले सावधानीअन्तर्गत कोलकाताका धेरै सड़कहरूलाई पूरा दिनको निम्ति वन-वे घोषित गरेको छ। यस बाहेक कार्यक्रम स्थलमा वच टावर लगाइएको छ। कोलकाता पुलिसका सबै शाखाहरूका डीसीलाई कार्यक्रम स्थलमा सुरक्षा निगरानीको जिम्मा सुम्पिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement