राजगञ्ज थानामा काली पुजाको तयारी युद्धस्तरमा

2d13f21f-dbbc-4edb-8210-170e04731a1c-1024x576.jpg

राजगञ्ज: राजगञ्ज थानाको काली पुजा ऐतिहासिक काली पुजा हो। पुजाको तयारी जोडतोडले चलिरहेको छ। प्राप्त जानकारी अनुसार यो पुजा ब्रिटिश कालदेखि गर्दै आइरहेको छ। राजगञ्ज थानामा लगभग १०० वर्षदेखि काली पुजा गर्दै आइरहेको छ। यो पुजा राजगञ्ज पुलिस, व्यवसायी समिति तथा स्थानीय निवासीहरूको संयुक्त पहलमा आयोजना गर्दै आइरहेको छ। यस वर्ष पनि काली पुजाको तयारी युद्धस्तरमा चलिरहेको छ। यो राजगञ्ज थाना देश स्वतन्त्र हुन अघिदेखिको हो। उक्त थानाको निर्माणपछि ब्रिटिश कालदेखि नै यहाँ काली पुजा गर्दै आइरहेको छ। सबैभन्दा पहिला थानाअघि बाँसको बेरा तथा टिनको सेड लगाएको घरमा माता कालीको पुजा गर्ने गरिन्थ्यो। पछि एउटा नयाँ मन्दिर निर्माण गरेर बनारसबाट माता कालीको ढुङ्गाको मूर्ति ल्याएर यहाँ स्थापित गरियो। काली पुजाको उद्घाटन १२ नोभोम्बरको दिन जिल्ला पुलिस अधीक्षक तथा विधायकले गर्ने भएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement