सप्तश्री ज्ञानपीठ विद्यालयमा प्रदर्शनी

sap2.jpg

कालेबुङ: सप्तश्री ज्ञानपीठ विद्यालयमा आज विज्ञान प्रदर्शनीको आयोजना गरियो भने यस प्रदर्शनीमा विद्यालयका नानीहरूले आ-आफ्नो रुचि अनि खोजी अनुसार उच्च स्तरीय मोडलहरू तयार पारेर प्रदर्शनमा राखेका थिए। समारोहमा प्रमुख अतिथि कालेबुङ विज्ञान केन्द्रका क्यूरेटर डा. बीबी गुरुङले प्रदर्शनीको उद्घाटन गरे। यस अवसरमा विद्यालयका निर्देशक तपनकुमार प्रधान, काइजर छेत्री, प्रशासक अविनाश छेत्री, प्रशासिका सुब्रता थामी, अभिभावकहरू, शिक्षक-शिक्षिकावर्ग र विद्यार्थीहरूको उपस्थिति रहेको थियो।

प्रदर्शनीको अवलोकन गरेपछि प्रमुख अतिथि लगायत अन्य अतिथिहरू अनि अभिभावकहरूले स्कुलका विद्यार्थीहरूको प्रतिभाको मुग्धकण्ठले प्रशंसा गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement