आईसीएसई परीक्षामा दार्जीलिङको सन्त पल्स विद्यालयका छात्र निर्भान रिन्छेन लामाले ९३.४ प्रतिशत अंक प्राप्त

photocollage_2022719202830253.jpg

दार्जिलिङ: हालसम्म शिक्षाको क्षेत्रमा दार्जिलिङले छुट्टै स्थान ओगटेका छ। दार्जिलिङको प्रतिष्ठित शैक्षिक संस्थान सन्त पल्स स्कूलका एक होनहार विद्यार्थी निर्भान रिञ्छेन लामाले यसपल्टको आईसीएसई परीक्षामा ९३.४ प्रतिशत अंक हासिल गरेर पहिलो दर्जामा परीक्षा उतीर्ण गरेका छन्। यी होनहार छात्र तकदाह क्यान्टिमेन्ट निवासी नर्बुजी लामा अनि अर्चना लामाको सुपुत्र हुन्।निर्भान रिञ्छेन लामा सानै श्रेणीदेखि सन्त पल्स विद्यालय दार्जिलिङमा अध्ययन गर्दै आइरहेका छन्। निर्भान कलिलै उमेरदेखि पढाईमा साथै अन्य विविध विधामा पनि अघि रहेको पारिवारिक सूत्रले जनाएका छन्। यसपटकको आईसीएसई परीक्षामा राम्रो अध्ययन गरे वापत् राम्रो अंक हासिल गर्न सकेकोमा निर्भान रिञ्छेन लामालाई अभिभावकगण तथा आफन्तजनले बधाई दिएको छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement