फाँसीदेवा: फाँसीदेवाको धामनागछमा होटल एवम् लजमा देह व्यापार तथा जुवा खेलाइने गरेको थाहा पाएपछि स्थानीय भाजपा पञ्चायत सदस्य विश्व विश्वास बन्द गराउन जाँदा उल्टै तिनीमाथि हमला गरेको बताइएको छ। तिनको आरोप अनुसार होटल मालिकले तिनीमाथि मार्ने समेत धम्की दिएको छ। यसैबीच घटनाको खबर फैलिन साथै स्थानीय मानिसहरूले आज होटल तथा लजमा तोडफोड गरे। यसभन्दा अघि पनि यस मामिलाबारे प्रशासनलाई अवगत गराए तापनि प्रशासनले कुनै कार्वाही नगरेको आरोप रहेको छ। घटनाको खबर पाएर फाँसीदेवा पुलिस घटनास्थलमा पुगेका थिए। उक्त घटनापछि होटल मालिक असीम मजुमदारले सुइँकुच्चा ठोकेका छन्। पुलिसले उक्त होटल तथा लजबाट रम-रक्सी सहित अन्य केही समानहरू उद्धार गरेको छ।