तिमी नाम्फिङमा ग्वालाहरूलाई लिएर सचेतन कार्यक्रम आयोजित

IMG-20231109-WA0204.jpg

गान्तोक: राज्यका ग्वालाहरूलाई गाई पालन सम्बन्धमा जागरूक गराउने उद्देश्यसहित सिक्किम मिल्क युनियनले धारावाहिक रूपमा राज्यका सबै निर्वाचन क्षेत्रहरूमा अहिले जनचेतना अनि ग्वाला समावेशी कार्यक्रम गरिरहेको छ।

यसै क्रममा आज तिमी नाम्फिङ समष्टि अन्तर्गत पाबोङको सामुदायिक भवनमा मिल्क युनियनले जनचेतना अनि ग्वाला समावेशी कार्यक्रम सम्पन्न गऱ्यो।

आजको कार्यक्रममा सिक्किम मिल्क युनियनका अध्यक्ष यम प्रसाद शर्मा मुख्य अतिथिको रुपमा उपस्थित थिए। यसरी नै कार्यक्रममा सिक्किम मिल्क युनियनका प्रवन्धक निदेशक डा. तिलक घतानी, पशुपालन विभागका अधिकारीगण, जिल्ला पंचायत सदस्य, सिस्को ब्याङ्कका प्रवन्धक अनि क्षेत्रका ग्वालाहरुको बाक्लो उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै मिल्क युनियनका प्रवन्धक निदेशक डा. तिलक घतानीले अब कृषकहरूले दूधको गुणस्तरमा पनि ध्यानदिनुपर्ने ग्वालाहरुलाई परामर्श दिए। दूधको मात्रा अनि गुणस्तरमा वृद्धि गर्नको निम्ति गाईलाई के कस्ता आहार अनि कति मात्रामा दिनुपर्ने विषयमा ग्वालाहरुलाई विस्तृत रूपमा जानकारी गराए।

कार्यक्रमलाई सम्बोधन गर्दै युनियन अध्यक्ष यम प्रसाद शर्माले वर्तमान सरकारले ग्वालाहरुको हितमा गरिरहेको विभिन्न कार्यक्रम अनि शुरु गरेको योजनाहरूबारे जानकारी गराए। सरकारले ग्वालाहरुलाई सम्मान दिनको निम्ति प्रति वर्ष ग्वाला दिवस पालन गर्न शुरु गरेको अनि कृषकहरुको आर्थिक स्थिति सुदृढ गर्नको निम्ति प्रोत्साहान राशि प्रदान गर्ने पहल शुरु गरेको पनि बताए।

यसको साथै भेटनेरी अफिसर डा. चाँदनी क्षेत्रले अहिले राज्यमा देखिएको लम्पी रोगको रोकथामबारे ग्वालाहरुलाई जानकारी गराए। आजको कार्यक्रममा सिस्को व्याङ्कबाट आएका प्रतिनिधिहरूले ग्वालाहरुले के कस्ता ऋणहरु प्राप्त गर्न सक्छन् सो बारे पनि विस्तृत जानकारी दिए। यसको साथै आज किसान क्रेडिट कार्ड मार्फत गवलाहरुलाई प्राप्त भएको ऋणको चेक पनि प्रदान गरियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement