गान्तोक: मुख्यमन्त्री प्रेमसिंह तामाङ आज यहॉंको चिन्तन भवनमा डिजिटल हस्ताक्षर अभियान ‘स्वच्छ दिवाली शुभ दिवाली’ मा सहभागी बने। भारत सरकारको आवास तथा शहरी मामिला मन्त्रालय अन्तर्गत यो एउटा राष्ट्रव्यापी स्वच्छ भारत अभियान २.० पहल हो।
यस अभियानको माध्यमद्वारा मुख्यमन्त्रीले पर्यावरण अनुकूल उत्पादहरू प्रयोग गर्ने, एक प्रयोग प्लास्टिक प्रयोग नगर्ने र स्वच्छ अनि हरित दिवाली मनाउने शपत लिए। मुख्यमन्त्रीले राज्यवासीहरूलाई अगाडि आएर यस अभियानमा सहभागी बन्न आह्वान गरेका छन्।