नेसापमा समसामयिक साहित्यिक विषयमाथि अन्तरक्रिया सम्पन्न

n5551972441699547218604f5b0194fd1ad675e1049e170dc70084cf6a62695ecbfa9335b75b7a6133b8108.jpg

गान्तोक: नेपाली साहित्य परिषद् (नेसाप) सभाकक्षमा गत सोमवार नेपाल स्रष्टा समाज र नेपाली साहित्य परिषद्का पदाधिकारीबिच समसामयिक साहित्यिक विषयमाथि अन्तरक्रिया सम्पन्न भयो।

सिक्किममा आयोजित कार्यक्रममा नेपाली साहित्य परिषद्का अध्यक्ष हरि ढुङ्गेलले उपस्थित साहित्यकारहरुलाई माल्यार्पण गर्दै सिक्किमको समग्र साहित्यिक स्थितिका बारेमा जानकारी गराए। यस अवसरमा परिषद् अध्यक्षको बाहुलीबाट स्मृति चिह्न पनि स्रष्टा समाजलाई अर्पण गरिएको जानकारी परिषद्का प्रचार सचिव जोसेफ लेप्चाले प्रेस विज्ञप्तिमा दिएका छन्।

सोहीअवसरमा स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’ ले समग्र नेपाली साहित्य र आजको अवस्थाबारे प्रकाश पारेका थिए । उक्त अवसरमा समाज र परिषद्का बीच आउँदा दिनमा हुनसक्ने समन्वय तथा सहकार्यका विषयमा पनि छलफल भएको अध्यक्ष रोदनले जानकारी गराए।

अन्तरक्रियात्मक कार्यक्रममा सिक्किमका साहित्यकारहरू रत्न लक्सम सुब्बा, टीका ढुङ्गेल, भीम रावत, जीएस नेम्वाङ, कुवेर विष्ट, राधा पाण्डे, जीविका अश्रु, चन्द्र दुलालसहित नेपालबाट आएका स्रष्टा समाजको साहित्यिक टोलीको उपस्थिति थियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *