गान्तोक: मुख्यमन्त्री प्रेमसिंह तामाङले आज यहाँ चिन्तन भवनमा भारत सरकारको आवास तथा शहरी मामिला मन्त्रालय अन्तर्गतको राष्ट्रव्यापी स्वच्छ भारत मिशनको ‘स्वच्छ दिवाली शुभ दिवाली’ डिजिटल हस्ताक्षर अभियानमा भाग लिए।
अभियान मार्फत मुख्यमन्त्रीले पर्यावरणमैत्री स्थानीय उत्पादनको प्रयोग, एकल प्रयोगको प्लाष्टिक परित्याग र स्वच्छ र हरियो दीपावली मनाउने प्रतिबद्धता जनाएका छन्। उनले सिक्किमका नागरिकहरूलाई अगाडि आउन र हाम्रो राज्यलाई स्वच्छ र हरियाली बनाउन यस अभियानमा सहभागी हुन आग्रह गरे।