राष्ट्रिय आयुर्वेद दिवसमा राज्यपालले दिए शुभकामना

1000421632.jpg

गान्तोक: भगवान धन्वंतरी जयन्तीको शुभ अवसर अनि आठौं ‘राष्ट्रीय आयुर्वेद दिवस’ को अवसरमा राज्यपाल लक्ष्मण प्रसाद आचार्यले सम्पूर्ण सिक्किम जनतालाई शुभकामना दिएका छन्।

यस वर्षको आठौं राष्ट्रिय आयुर्वेद दिवसको नारा स्वास्थ्यका लागि आयुर्वेद र हरेक दिन सबैका लागि आयुर्वेद रहेको छ। यो एक दिन मात्रै नभई हाम्रो हरेक पलमा आयुर्वेदका सिद्धान्तहरू पालना गर्ने अनौठो तरिका रहेको उल्लेख गर्दै हाम्रो सुन्दर र प्राकृतिक राज्य सिक्किम आयुर्वेदको लागि एक अद्वितीय गन्तव्य रहेको बताए। हाम्रो यो भूमिलाई पुरातन ग्रन्थहरूमा मेन-जोङ वा औषधीय वनस्पति र जडीबुटीहरूको क्षेत्र पनि भनिएको उनले उल्लेख गरेका छन्। सिक्किममा औषधीय वनस्पतिको विशाल विविधता भन्दै यहाँ प्राकृतिक उपचार र औषधिको व्यापक प्रयोग हुने र हाम्रो राज्य स्वास्थ्य पर्यटनको केन्द्र बन्न सक्षम रहेको बताए। यस अवसर राज्यमा आयुर्वेदको महत्त्व प्रवर्द्धन गर्न र आयुर्वेदको महत्त्व बुझ्नको लागि महत्त्वपूर्ण समय रहेको आज, प्रधानमन्त्री नरेन्द्र मोदीको अथक प्रयासले, आयुष विश्वभर वैकल्पिक चिकित्सा र परम्परागत चिकित्सा प्रणालीको रूपमा स्थापित भएको जानकारी गराए। आज, भारतमा आयुष चिकित्सा प्रणालीको विकासको चक्र तीव्र गतिमा घुमिरहेको भन्दै आयुर्वेदको अर्थ उमेर हो, जसको अर्थ उमेरको अध्ययन गर्ने विज्ञान आयुर्वेद भएको बताए। आयुर्वेद एक प्राचीन र सुरक्षित चिकित्सा प्रणाली हो जसले हामीलाई रोगहरूबाट मुक्त मात्र गर्दैन, तर शारीरिक, मानसिक र आध्यात्मिक स्वास्थ्यको समग्र हेरचाह पनि गर्दछ। आयुर्वेदका सिद्धान्त र उपचारहरूद्वारा हामीले आफ्नो जीवनलाई स्वस्थ, सुखी र सन्तुलित बनाउन सक्छौं, राज्यपालले सन्देशमा भने। भगवान धन्वंतरी जयन्तीलाई आयुर्वेद दिवसको रूपमा मनाउने उद्देश्य हाम्रो प्राचीन चिकित्सा विज्ञानको महत्त्वलाई प्रवर्द्धन गर्नु र सम्पूर्ण विश्वको स्वास्थ्य सुधार गर्न संकल्प गरिएको आयुर्वेदका फाइदाहरूका बारेमा चेतना जगाउनु हो भनी बताए।

यस अवसरमा हामी भगवान धन्वंतरीको महानता र आयुर्वेदमा उहाँको योगदानलाई पनि सम्मान गर्दछौं जसले हाम्रो समाजलाई स्वस्थ र सुखी बनाउन आफ्नो विशेष ज्ञान बाँडेका छन्, राज्यपालले सम्बोधनमा थपेका छन्। यस अवसरमा हामी सबैले हाम्रो देशको प्राचीन चिकित्सा प्रणालीलाई प्रवर्द्धन गरेर आयुष चिकित्सा प्रणालीलाई समर्थन गरौं र सिक्किम र भारतलाई एक स्वस्थ राष्ट्रमा रूपान्तरण गर्न मिलेर काम गरौं भनी राज्यपालले आह्वान गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement