खरसाङ: खरसाङको लङभ्यू पंखाबरी अम्बटे समष्टिका एक जरूरी सभा कुमार थापाको सभापतित्वमा केराबारी सार्वजनिक भवनमा सम्पन्न भयो। सभामा आगामी २७ जुलाईमा सम्पन्न हुने गइरहेको शहीद दिवस कसरी मनाउन पर्ने विषयमा गहन चर्चा परिचर्चा गरियो। सभामा पंखाबारी लङभ्यू अम्बटे समष्टि सभासद कल्पना प्रधान, भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा केन्द्रीय समिति सदस्य सन्तोस लामा, खरसाङ महकुमा समिति सचिव प्रणाम रसाईली, प्रवक्ता अनुप रामुदामु, सदस्य मिलन रसाईली, सुरज लामा, अमृत छेत्री, गजेन प्रधान साथै समष्टी सभापति मनिराज डुम्जन, सचिव ललित प्रधान, नारी शक्ति, युवा शत्तिका विशेष उपस्थिति थियो। सभालाई सम्बोधनको क्रममा समष्टिका सभासद कल्पना प्रधानले विगत चुनावमा जसरी खटेर जिताएकोमा समष्टिका जनता साथै प्रतिनिधिहरूलाई धन्यवाद दिइने। उमले समष्टिमा शहीदका सात परिवारहरू रहेका छन् र उनीहरूलाई यस चोटी लङभ्यू एकै ठाउँमा शहीद दिवस पालन गर्न पर्ने मत राखिन् र समष्टिको देखरेखमा नै शहीद दिवस कार्यक्रम गरिने विचार पोखिन्। सभालाई सम्बोधन गर्ने क्रममा महकुमा समिति सचिव प्रणाम रसाइलीले यसपालीको शहीद दिवस समष्टि कमिटीको तत्वधानमा गरिने साथै यसमा विभिन्न क्षेत्रका प्रतिनिधिहरूलाई पनि समावेश गरेर दह्रिलो कमिटी बनाउने सुझाव राखे। सभामा आगामी शहीद दिवस समारोह समितिका संयोजक मौसम लामालाई सर्वसहम्मतिद्वारा चयन गरिदिने साथै समष्टि सभासद, केन्द्रीय समिति र महकुमा समितिका सदस्यवर्गहरू प्रमुख सल्लाहकारको रूपमा चयन गरिदिने मत राखेका छन्। सभालाई सभापति कुमार थापाले छोटकारीमा सम्बोधन गर्दै सभा वर्खास्त गरिएको जानकारी प्राप्त भएको छ।