खरसाङको स्कट मिशन उच्चत्तर माध्यमिक विद्यालसमा प्रदर्शनी कार्यक्रम

IMG-20231109-WA0189.jpg

नानीहरूले सरल भाषामा सबैले बुझ्ने पाराले राम्रो प्रदर्शनीको प्रस्तुति दिएका छन्: सभासद श्याम शेर्पा

खरसाङ: आज खरसाङस्थित स्थानीय स्कट मिशन स्कूलमा प्राईमेरिदेखि कक्षा १२ सम्मकाे नानीहरूद्वारा विभिन्न विषयमा एउटा प्रदर्शनी कार्यक्रमकाे आयोजना गरिएको थियो। कार्यक्रममा मुख्य अतिथिको रूपमा २८ नम्बर खरसाङ देवराली समष्टिकाे सभासद श्याम शेर्पा उपस्थित रहेका थिए। कार्यक्रमको प्रथममा स्कूल पक्षबाट सभासद श्याम शेर्पालाई प्रधान अध्यापिकाद्वारा खदा लगाएर स्वागत जनाएका थिए साथै विद्यार्थीहरुकाे पक्ष र स्काउटकाे तर्फबाट पनि खदा लगाएर स्वागत जनाइएको थियो।
कार्यक्रमकाे थालनीमा मुख्य अतिथि सभासद श्याम शेर्पाकाे बहुलीबाट रिबन काटेर प्रदर्शनीके शुरुआत गरियो। उक्त कार्यक्रममा विभिन्न कक्षाको विद्यार्थीहरुले विभिन्न विषयमा जानकारी मूलक प्रस्तुतिहरू गरिएको थियोे।आजको कार्यक्रमबारे बोल्दै सभासद श्याम शेर्पाले स्कट मिशन स्कूलद्वारा आयोजना गरिएको प्रदर्शनीमा विद्यार्थीहरुद्वारा विभिन्न सब्जेक्ट जस्तै भूगोल, लाईफ साईन्स, फिजिकल साईन्स, वातारण विज्ञान लगायत अन्यमा धेरै कुरा संग्रह गरी बनाएको थियोे भने नानीहरूले सरल भाषा सबैले बुझ्ने पाराले प्रस्तुति दिएको बताए।

उनले यस्तो कार्यक्रमले सबै विद्यार्थीहरुले सब्जेक्ट बुझ्नु सजिलो हुने र यस्तो प्रदर्शनी भईरहे किताब पढेर मात्रै होईन यथार्थमा व्यावहारिक रूपमा बुझ्ने बताए। यसको साथै उनले यस्तो कार्यक्रमकाे लागि स्कूल पक्षकाे प्रधान अध्यपिका, शिक्षिकाहरू, विद्यार्थीहरु साथै स्कूलकाे कर्मचारीहरुलाई बधाई दिएका छन्। कार्यक्रम विषयमा पत्रकारहरूसित बोल्दै स्कट मिशन स्कूलकी प्रधान अध्यापिका रिता तामाङले विस्तृत रूपमा बताएकी छन्।

About Author

Advertisement