फुटबलर ड्रोग्बा भूकम्पपीडितको सहयोगका लागि नेपाल आउने

71fpncuqWAL._AC_UF10001000_QL80_FMwebp_.webp

काठमाडौं: आइभोरी कोस्टका फुटबलर खेलाडी डिडियर ड्रोग्बा भूकम्प पीडितको सहयोगका लागि नेपाल आउने भएका छन्। नेपाल सुपर लिग (एनएसएल) को लागि नेपाल आउन लागेका उनको फाउन्डेसनले २० लाख रुपैयाँ बराबरको सहयोग गर्ने भएको हो। डिडियर ड्रोग्बा फाउन्डेसन र नेपाल सुपर लिगको सहकार्यमा प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा २० लाख रुपैयाँ सहयोग गरेको एनएसएलले फेसबुक पेजबाट जानकारी दिएको हो। भूकम्प प्रभावित क्षेत्रको सहयोगको लागि म ऐक्यवद्धता जनाउँछु। भूकम्पबाट ज्यान गुमाएका र घाइते भएकाहरु प्रति मेरो सहानुभूति छ। म एनएसएलसँगको सहकार्यमा नेपाल आउने छु। यो विपदको समयमा हामी सबैले एकअर्कालाई सहयोग गर्नुपर्छ’, उनले एक भिडियो सन्देशमा भनेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement