सिलगढी: बंगाल पुलिसले आज भारत-बङ्ग्लादेश सिमाना फाँसीदेवाबाट तीनजना बङ्ग्लादेशी नागरिकसहित दुइजना भारतीयलाई पक्राउ गरेको छ। तिनीहरूलाई सिलगढी अदालतमा पेश गरियो। सिमानक्षेत्रबाट पक्रा पर्नेहरूमा मोहम्मद विप्लव हुसेन, मोहम्मद आबु बक्कर सिद्दिकी, मोहम्मद सियाम, मोहम्मद मुसिलम र मोहम्मद नहिम सामेल छन्। पुलिस सूत्रले दिएको जानकारीअनुसार फाँसीदेवाको चटहाट अञ्चलको पियाजीमोड इलाकामा अभियान चलाएर एउटा वाहन रोक्दा तीनजना बङ्ग्लादेशी नागरिकले सुइँकुच्चा ठोके। तर पुलिसको तत्परतामा अन्य तीनजना बङ्ग्लादेशी सहित दुइजना भारतीय नागरिकलाई पक्राउ गरेको बताइएको छ। ति मानिसहरु गाई-गोरू तस्करी गर्ने तिनीहरूको उद्देश्य रहेको हुनसक्ने पुलिसले प्राथमिक अनुमान लगाएको छ। पक्राउ परेकाहरूबाट दुईवटा बङ्ग्लादेशको मोबाइल, दुईवटा सिम कार्ड र बङ्ग्लादेशी नब्बे हजार रुपियाँ उद्धार गरेको छ।