पंखाबारी उच्चत्तर माध्यमिक विद्यालयमा हिरक जयन्ती साथै सम्मान कार्यक्रम अनि बिदाई कार्यक्रम सम्पन्न

IMG-20231109-WA0194.jpg

खरसाङ: खरसाङ महकुमा अन्तर्गत पंखाबारी उच्चत्तर माध्यमिक विद्यालयमा हिरक जयन्ती साथै सम्मान कार्यक्रम अनि भूतपूर्व प्रधान अध्यापिका कल्पना प्रधानको बिदाई समारोह सम्पन्न भएको छ। उक्त कार्यक्रम विद्यालय सञ्चालन समितिको सभापति प्रणाम रसाईलीको अध्यक्षता र विद्यालय अनि विद्यालयका भूतपूर्व विद्यार्थी सङ्गठनको संयुक्त आयोजनामा सम्पन्न गरियो। यसै कार्यक्रममा विद्यालयकी भूतपूर्व प्रधान अध्यापिका कल्पना प्रधानको विदाई समारोहसँगै विद्यालयका वर्तमान शिक्षक प्रभारी देवेन गजमेरले विद्यालयमा कार्य गरेको पच्चीस वर्ष पुगेको अवसरमा उनलाई बधाई दिन तथा वार्षिक पारितोषिक वितरण कार्यक्रम सम्पन्न गरियो। कार्यक्रमको मुख्य अतिथिको रूपमा जीटीएको डेपुटी चेयरम्यान राजेश चौहान थिए भने विशिष्ट अतिथिको रूपमा जीटीए शिक्षा विभागको कार्यकारिटी सभासद सञ्चबीर सुब्बा, पूर्व प्रधान अध्यापिका एंव कार्यकारी सभासद कल्पना प्रधान लगायत अन्यहरू उपस्थित रहेका थिए। कार्यक्रममा सम्बन्धित विभागीय अधिकारीहरू, विभिन्न सङ्घ संस्थाका प्रतिनिधिहरू, विद्यालय संस्थापक सदस्यका परिवारहरू, भूतपूर्व शिक्षक शिक्षिकाहरू लगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।

विद्यालयको संस्थापक अन्तनारायण प्रधानको तस्वीरमा धूप दीप एवम् माल्यार्पण गरेर शुरू गरिएको कार्यक्रममा विद्यालयका वर्तमान अनि भूतपूर्व विद्यार्थीहरूद्वारा विविध रंगारग कार्यक्रमहरू पनि प्रस्तुत गरिएको थियो। यसै कार्यक्रममा जीटीएको डेपुटी चेयरम्यान राजेस चौहान र शिक्षा विभागको कार्यकारी सभासद सन्चवीर सुब्बालाई सम्मान जनाइएको थियो। त्यसरी नै पूर्व प्रधान अध्यापिका कल्पना प्रधानलाई आधिकारिक रूपमा बिदाई दिइएको थियो। कार्यक्रममा उनले आफ्नो सम्बोधन पनि राखेकी थिइन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement