बाँसको झाड़ीबाट नवजात भेटियो, स्थिति गम्भीर

IMG-20230528-WA0320-5-300x172-2

कोचबिहारः बाँसको झाड़ीबाट एक नवजातलाई उद्धार गरिएको छ। जानकारी अनुसार, बिहिवार तूफानगञ्ज-२ ब्लकको उत्तर रामपुर क्षेत्रको बाँसको झाड़ीबाट नवजातलाई उद्धार गरियो।

कार्तिक महिनाको अवसरमा गाउँका धेरै महिलाहरू एक साथ आज बिहान नगर कीर्तनको निम्ति निस्केका थिए। यस अवधि दुई महिलाले बाँसको झाड़ीबाट एक शिशु रोएको आवाज सुने। जब महिलाहरूले बाँसको झाड़ीमा गएर हेरे तब एक नवजातलाई पाए। दुवै महिलाले नवजातलाई उठाएर रामपुर प्राथमिक स्वास्थ्य केन्द्रमा भर्ती गराए र यसको खबर पाएर बक्शीरहाट थानाको जोराई चौकी पुलिस घटनास्थलमा पुग्यो।

रामपुर प्राथमिक स्वास्थ्य केन्द्रका चिकित्सक सायन मण्डलले भने, नवजातको ओजन एक किलो तीन सय ग्राम छ। जसको जन्म एक दिनअघि भएको हो। यद्यपि, नवजातको स्थिति गम्भीर छ। जसले गर्दा अलिपुरद्वार जिल्ला अस्पताल पठाइएको छ। बक्शीरहाट थानाको जोराई चौकी पुलिसले जाँच शुरू गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement