महुआले आफ्नो लड़ाई आफै लड्न सक्छिन्- अभिषेक

IMG-20230410-WA0169-11-300x172-2

कोलकाताः संसदमा पैसा लिएर प्रश्न सोधेको आरोपहरूमा घेरिएकी तृणमूल कांग्रेस सांसद महुआ मोइत्रालाई लिएर तृणमूल कांग्रेसका महासचिव अभिषेक ब्यानर्जीले बिहिवार पहिलो पल्ट टिप्पणी गरेका छन्। महुआले आफ्नो लड़ाई आफै लड्न सक्छिन्, उनले भने। बिहिवार ईडी कार्यालयबाट निस्केपछि पत्रकारहरूसित कुरा गर्दै अभिषेकले महुआबारे सोधिएको प्रश्नको जवाफमा भने, महुआलाई आफ्नो लड़ाई आफै लड्न आउछ। महुआ राजनीतिक प्रतिशोधको शिकार हुन्।

जन्मदिनमा ईडीको नोटिस पाएपछि अभिषेक बिहिवार बिहान लगभग ११.०५ बजी सल्ट लेकको सीजीओ कम्प्लेक्स स्थित एक कार्यालय पुगे। एक घण्टाको सोधपुछपछि अभिषेक सीजीओ कम्प्लेक्स बाहिर निस्के। पत्रकारहरूसित कुरा गर्दा जब उनीसित महुआबारे सोधियो तब उनले भने, रमेश बिधुरीले के गरे ? यस बाहेक भाजपाका कति सांसदहरूले संसदको अपमान गरेका छन्। राजनीतिक संघर्षको निम्ति महुआ एक्लो नै पर्याप्त छिन्। मलाई नै हेर्नुहोस्, मलाई कसरी एकपछि अर्को मामिलामा जोड़िन्दैछ। निःसन्देह यो राजनीतिक प्रतिशोध हो। जनताले हेरिरहेछ।

उल्लेख्य, महुआ मामिलामा संसदको एथिक्स कमिटीको रिपोर्टमा महुआले आफ्नो यूजर आईडी अन्यलाई उपयोग गर्ने अनुमति दिएको दाबी गरिएको छ। समितिको रिपोर्टमा उनले व्यवसायी दर्शन हीरानन्दानीबाट अनैतिक तरीकाले नगदी राशि र अन्य सुविधा लिएको दाबी गरियो। समितिले यस सम्बन्धमा पूरा जाँचको सिफारिश गरेको छ।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement