सिलगढ़ीः सिलगढ़ी महकुमा परिषको तर्फबाट आज बिहिवार नक्सलबाड़ीमा आम जनबीच मच्छरदानी बाड़ियो। यस अवधि सिलगढ़ी महकुमा परिषद सभाधिपति अरूण घोष, नक्सलबाड़ी बीडीओ प्रणब चटर्जी, बीएमएचओ कुन्तल घोष, पञ्चायत समिति अध्यक्ष आनन्द घोष र पञ्चायत प्रधान उपस्थित थिए।
यस अवसरमा सभाधिपति अरूण घोषले भने, सिलगढ़ी महकुमामा डेङ्गूको रोकथामको निम्ति धेरै कमद उठाइँदैछ। जसको निम्ति आज प्रत्येक ग्राम पञ्चायतमा ६०० मच्छरदानी बाँड़ियो। आउने दिनमा आवश्यकता परे थप मच्छरदानी बाड़िनेछ। यस बाहेक डेङ्गू जागरूकता कार्यक्रम पनि चलाइँदैछ।