सिलगढ़ीः सिलगढ़ीमा दुई गुटबिच भएको झडपपछि बुधवार अबेर राति तनाउ फैलियो। घटना सिलगढ़ी नगर निगमको वार्ड नम्बर ३५ को विवादी सारणी क्षेत्रको हो।
जानकारी अनुसार, युवकहरूको एक समूह बाइक लिएर विवादी सारणी क्षेत्र पुगे अनि स्थानीय घरहरूमाथि कथित रूपमा ढुङ्गा हिर्काउन थाले। यस कारण क्षेत्रमा अशान्ति फैलियो। सूचना पाएर एनजेपी थानाबाट पुलिस त्यहॉं आइपुग्यो र लाठीचार्ज गरेर स्थितिलाई नियन्त्रित गरे। पुलिसले घटनास्थलबाट बाइक जफत गरेको छ।
स्थानीय वार्ड पार्षद शंपा नन्दीले भने, विवादी सारणीका केही मानिसहरूले अग्रणी संघ क्लबका खेल सचिव प्रसेनजीत सरकारको धुलाई गरेको थिए। यस विषयलाई लिएर विवाद शुरू भएको हो। यसपछि ४०-४० जना युवकहरू बाइक लिएर अचानक विवादी सारणी आए अनि घरहरूमा ढुङ्गा हिर्काउन थाले। पुलिसले मामिला दर्ता गरेर जॉंच शुरू गरेको छ।