देशका ५८ हवाईअड्डाहरूले बिजुलीको खपतलाई पूर्णरूपले हरित उर्जामा परिवर्तन गरेका छन्

The-Push-For-Green-Energy-At-Indian-Airports-jpg.webp

नयाँ दिल्ली: भारतीय विमानपत्तन प्राधिकरण (एएआई)-ले भनेको छ, वर्तमानमा १८ भारतीय राज्य अनि केन्द्रशासित प्रदेशहरूमा अवस्थित ५८वटा हवाईअड्डाहरूले आफ्नो बिजुलीको खपतलाई पूर्णरूपले हरित उर्जामा परिवर्तन गरेको छ।

यस अतिरिक्त एएआईको लक्ष्य निकट भविष्यमा आफ्ना सबै हवाईअड्डाहरूलाई सय-प्रतिशत नवीकरणीय उर्जामा संचालन गर्नु रहेको छ।

भारतमा लगभग १५० वटा हवाईअड्डाहरू छन्। एएआईले आगामी वर्ष २०२४ सम्ममा सय प्रतिशत हरित उर्जाको प्रयोगलाई हासिल गर्नका लागि महत्वाकांक्षी लक्ष्य निर्धारण गरेको छ। त्यसपछि आगामी २०३० सम्ममा शुद्ध-शून्य उत्सर्जन प्राप्त गर्ने लक्ष्य राखिएको छ।

नागरिक उड्डयनमन्त्री ज्योतिरादित्य सिन्धियाले भनेका छन्, मन्त्रालयले हाम्रा हवाईअड्डहरूलाई आगामी वर्ष २०२४ सम्ममा हरित उर्जा प्रयोग गर्ने अनि आगामी वर्ष २०२३ सम्ममा शुद्ध शून्य हासिल गर्नका लागि प्रोत्साहित गरिरहेको छ। आगामी वर्ष २०२५ सम्ममा अऩ्य १२१ हवाईअड्डाहरूलाई कार्बन तटस्थ बनाउनुछ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *