मैला ढ्याङ्ग सफा गर्नलाई नगरपालिकालाई ज्ञापन दिए पनि सफाई नगरिदिएको सदभावना वेलफेयर सोसाइटीको गुनासो

IMG-20220719-WA0139.jpg

खरसाङ: खरसाङको डाउहिल रोडमा गुड सेफर्ड स्कूलको केही तल्तिर अवस्थित खरसाङ नगरपालिकाको मैलाढ्वाङ्ग गत २०-२५ दिन देखि सफा नगरिएकोले उक्त मैलाढ्वाङ्गबाट फोहोर पोखिएर डाउहिल रोडको सड़कभरि पोखिन थालेको छ। यो मैलाढ्वाङ्ग यसरी भरिएकोले डाउहिल रोड, वार्ड नम्बर ७ को सदभावना संघका केही पदाधिकारीहरू साथै सदस्यहरूको टोली एउटा ज्ञापन पत्र चढ़ाउन नगरपालिका उपाध्यक्षको कार्यालय पुगेका थिए। उक्त टोलीमा संघको सभापति औतारी शर्मा, सचिव दिनेश लामा, सह सचिव बिरेस लामा लगायत गणेश प्रधान (पूर्व सभापति) एवं सदस्या पुष्प सुमन थामी रहेका थिए।
खरसाङ नगरपालिकाको उपाध्यक्ष सुवास प्रधानले उक्त विषयलाई गम्भीरतापूर्वक सुनेर झट्ट कार्वाही गर्ने वचन दिएका भएपनि आज पर्यन्त उक्त फोहोरको थुप्रो जस्ताको त्यस्तै रहेको र यसले गर्मीको मौसममा विभिन्न बिमारी फैलिने सम्भावना रहेको जानकारी संघका सह-सचिव बिरेश लामाले दिएका छन्‌। उनले अझ आफ्नो कुरालाई जोड़ दिँदै खरसाङ शहरलाई स्वच्छ राख्नु पर्ने दायित्व समग्र नागरिकको रहेको भएता पनि नगरपालिकाले पनि यथोचित समयमा फोहोरहरू उठाइदिएमा खरसाङ शहर सुन्दर देखिन्थ्यो भन्ने जानकारी दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement