भारत स्काउट्स एण्ड गाइड्स एयर विङ्ग्सको तीन दिवसीय शिविरको समापन

728f5086-fd92-477e-bf03-bdf0c48dd86d

राजाभातखावाः भारत स्काउट्स एण्ड गाइड्सको ७४औँ स्थापना दिवसको उपलक्ष्यमा प्रकृति संरक्षण साथै ग्लोबल वार्मिङमाथि सचेतना गर्न ३ दिवसीय इनभाइरोमेन्टल शिविरको बिहीबार समापन गरियो। बुधबार साँझ ६ बजी क्याम्प फायर भएपछि बिहीबार बिहान शिविरको समापन समारोहमा प्रमुख अतिथि बक्सा ब्याघ्र प्रकल्पको एसीएफ मोदित कुमार, एडीएफओ पल्लव मुखर्जी, भारत स्काउट्स एण्ड गाइड्स अलिपुरद्वार जिल्ला डीओ वसन्त कुमार छेत्री, राजाभातखावाका समाजसेवी मनोज अग्रवाल, उपप्रधान पार्थ प्रतिम दत्ता, एवम् अन्यान्यको उपस्थिति रहेको थियो। उपस्थित अतिथिहरूलाई स्मृति चिन्ह स्वरूप प्रमाणपत्र प्रदान गरिएको थियो।
समापन समारोहमा आएका बक्सा ब्याघ्र प्रकल्पको एसीएफ मोदित कुमारले सस्टेनेबल डेभलपमेन्ट गोलको बुँदाहरूलाई समावेश गरेर भारत स्काउट्स एण्ड गाइड्सको यो शिविरले सहभागी सदस्यहरूलाई राम्रो शिक्षा दिने प्रयास गरेको र बन विभागले जहिले पनि प्रकृति र वन्यजीवको संरक्षणको काम गर्दै आईरहेको र यस्तो शिविरको आवस्यकता पर्ने बताए।
यता भारत स्काउट्स एण्ड गाइड्सको अलिपुरद्वार डीसी वसन्तकुमार छेत्रीले प्राकृतिक प्रकोपबाट बाँच्न प्रकृति संरक्षण एवम् वृक्षारोपण औ संरक्षण गर्न जरुरी रहेको र यसैलाई केन्द्र गरेर भारत स्काउट्स एण्ड गाइड्सको ७४औँ स्थापना दिवसको उपलक्ष्यमा यो इनभाइरोमेन्टल शिविरको आयोजना गरेको बताए। समग्रतामा शिविर सफल भएको र यसमा सहभागी विद्यार्थी स्काउट्स एण्ड गाइड्सले असल प्रशिक्षण पाएको र बक्सा ब्याघ्र प्रकल्पको अधिकारीहरूले पनि नैतिक सहयोगिता दिएको र सहयोगी एवम् अतिथिहरूलाई धन्यवाद ज्ञापन गर्दै भारत स्काउट्स एण्ड गाइड्स एयर विङ्ग्स डिमा यूनिटको प्रभारी घनस्याम उराँव र चेयरम्यान डा. कमल कुजूरले आउँदो बर्ष अझै वृहत रुपमा यसप्रकारको क्याम्पको आयोजना गर्ने जनाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement