नयाँ दिल्ली: देशको राजधानी दिल्लीको सफदरजंग अस्पताल बाहिर एक महिलाको डेलिभेरी भएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ। भाइरल भिडियोमा अन्य केही महिलाले महिलाको वरिपरि साडी लगाएर प्रसूति गराएकी छन्। राति अबेरदेखि अस्पतालमा बेड नदिएपछि जबरजस्ती सुत्केरी गराइएको आफन्तले आरोप लगाएका छन्। महिलाले नानी जन्माएपछि नर्सले तुरुन्तै नानीलाई भित्र लगे। जब दिल्ली पुलिसले भाइरल भिडियोको बारेमा जानकारी पाए, त्यसपछि घटनाको बारेमा जानकारी लिइयो। दिल्ली पुलिसका अनुसार खेरा, गाजियाबाद उत्तर प्रदेशकी निवासी एक ३० वर्षिया महिलालाई सफदरजंग अस्पताल लगिएको थियो किनभने उनले नानी जन्माउनै लागेकी थिइन्। तर, आरोपअनुसार अस्पताल भर्ना गरिएन र अस्पताल परिसरमै छोरीलाई जन्म दिइन्। अहिले महिला र नानी दुवैलाई अस्पतालमा भर्ना गरिएको छ र दुवै स्वस्थ छन्।
यो घटनापछि दिल्ली महिला आयोगले कारबाही गरेको छ र आयोगले सफदरजंग अस्पताललाई नोटिस जारी गरेको छ। दिल्ली महिला आयोगकी अध्यक्ष स्वाती मालीवालले ट्वीट गरेकी छन्। मालिवालले भनिन्, ‘हामीले सामाजिक सञ्जालमा एउटा भिडियो हेरेका छौं जसमा सफदरजंग अस्पताल बाहिर एक महिलाको प्रसूति भइरहेको छ। छेउमा उभिने महिलाहरु सुत्केरी गराएका छन्। ती महिला रातभर अस्पताल बाहिर सुतेर भर्ना नगरिएको उनीहरु बताउँछन्। यो लाजमर्दो कुरा हो, यस मामिलामा सफदरजंग अस्पताललाई नोटिस जारी गरिएको छl’