इटहरीकी पृथ्वीया थापाले जितिन् मिसेस नेपाल वर्ल्डको उपाधि

Screenshot_20231109_175504_Dailyhunt.jpg

काठमाडौ: इटहरीकी पृथ्वीया थापाले मिसेस नेपाल वर्ल्ड-२०२३ को उपाधि जितेकी छन्। काठमाडौंमा सम्पन्न विवाहित महिलाको सौन्दर्य प्रतियोगितामा उनले उपाधि चुमिन्। उपाधिसँगै उनले आगामी जनवरीमा अमेरिकाको लस भेगासमा हुने मिसेस वर्ल्डको अन्तर्राष्ट्रिय संस्करणमा सहभागिताको मौका पाएकी छन्।
प्रतिस्पर्धामा सिर्जना केसीले मिसेस नेपाल इन्टरनेसनलको उपाधि जितिन्। उनले मस्ट फोटोजेनिकको सहविधा पनि हात पारिन्। केसीले सिंगापुरमा हुने मिसेस इन्टरनेसनलमा समेत भाग लिने मौका पाएकी छन्। सीता सुवेदी एमएस नेपाल इन्टरनेसनलका साथमा रिबन इन्टरटेनमेन्ट म्यानेजमेन्ट च्वाइस अवार्ड विजेता बनिन्। प्रज्ञा प्रतिष्ठानमा भएको प्रतिस्पर्धामा अभिनेत्री भुवन चन्दलाई सम्मानार्थ मिसेस नेपाल वर्ल्डको उपाधि प्रदान गरियो। एसिडविरुद्धकी अभियन्ता मुस्कान खातुनलाई विशेष सम्मान गरिएको थियो। आइना गजुरेल फस्ट रनर्सअप भइन् भने उत्कृष्ट र्‍याम्पवाकका साथै सेकेन्ड रनर्सअप निशा, सरु राणा थर्ड रनर्सअप भए। आयुष्मा राईले पब्लिक च्वाइस अवार्ड जितिन्।
विजेतालाई मिसेस वर्ल्ड-२०२२ की विजेता सरगम कौशलले ताज पहिराएकी थिइन्। सौन्दर्य प्रतियोगिता संघका अध्यक्ष गोपाल सुन्दरलाल कक्षपति, त्रिभुवन अन्तर्रास्ट्रिय विमानस्थलका प्रबन्ध निर्देशक प्रतापबाबु तिवारी, नेपाल प्रहरीकी एआईजीपी आशा सिंह, मुटुरोग विशेषज्ञ डा. ओममूर्ति अनिल, पत्रकार अखण्ड भण्डारी र अभिनेत्री सरिता लामिछाने निर्णायक रहेका थिए। गत वर्ष मिसेस नेपाल वर्ल्डमा दीक्षा केसी र मिसेस नेपाल इन्टरनेसनलमा अभिनेत्री उषा रजक विजयी भएका थिए। प्रतिस्पर्धाको आयोजना काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा आयोजना गरिएको थियो। रिवन इन्टरटेनमेन्टको आयोजनामा असम र युथ वेद सहप्रायोजक रहेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement