शहीद कप फूटबलः सत्य ज्योति संघ सेमिफाइनलमा

photocollage_2022719195046926.jpg

१९ जुलाईः माल बस्ती युथ (गोरुबथान)-को तत्त्वावधानमा आयोजित शहीद कप नक्आउट फूटबल टुर्नामेण्ट २०२२-मा सत्य ज्योति संघ, बुड़ी खोलाले टाईब्रेकरमा रोमाञ्चक जीतको साथ सेमिफाइनलमा स्थान बनायो। माल बस्ती खेल मैदानमा जारी यस इलेभेन ए साइड टुर्नामेण्टअन्तर्गत मंगलवार भएको पहिलो क्वार्टर फाइनल म्याचमा सत्य ज्योति संघले सनराइज स्पोर्टिंग क्लब (ढीप डाँड़ा)-लाई टाईब्रेकरमा ५-३-ले पराजित गऱ्यो। नियमित समयको खेलमा स्कोर १-१-को बराबरीमा रहेको थियो। टुर्नामेण्टका दुईवटा सेमिफाइनल म्याच २३ र २४ जुलाईमा खेलिनेछ। यसरी नै फाइनल म्याच २७ जुलाईमा हुनेछ। टुर्नामेण्टमा विजेता हुने टीमलाई ५० हजार रुपियाँको साथमा आकर्षक ट्रफी प्रदान गरिनेछ। यसरी नै उपविजेता टीमलाई ट्रफीको साथमा ३० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिने आयोजक समितिको पक्षबाट जानकारी दिइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement