भारत-यूएस टू प्लस टू वार्ता १० नोभेम्बरमा, द्विपक्षीय वार्ता पनि गर्नेछन्: अमेरिकी रक्षामन्त्रीले

360_F_250133716_wBuJyUX1wYBxr8bamy3uLE1lUlOxU0QG.webp

नयाँ दिल्ली: भारत औ अमेरिकामाझ १० नोभेम्बरका दिन नयाँ दिल्लीमा टू प्लस टू वार्ता हुन गइरहेको छ। उक्त मन्त्रीस्तरीय वार्ताको सहअध्यक्षता गर्ने अमेरिकी रक्षामन्त्री लयड अस्टिन नयाँ दिल्ली आइसकेका छन् भने उनलाई यहाँको पालम तकनिकी क्षेत्रमा तीनै सेनाको गार्ड अफ् अनरद्वारा स्वागत गरियो। अस्टिनले रक्षामन्त्री राजनाथ सिंहसित द्विपक्षीय बैठक पनि गर्नेछन् जसमा केतिपय रक्षा सौदाहरूमाथि मोहर लाग्ने आशा छ। टू प्लस टू वार्तापूर्व गुरूकुल नामक इण्डस-एक्स शैक्षिक श्रृङ्खला शुरू गरिएको छ।

अमेरिकी रक्षामन्त्री लयड अस्टिन तथा अमेरिकी विदेशमन्त्री एन्टनी ब्लिङ्कनले १० नोभेम्बरमा रक्षामन्त्री राजनाथ सिंह र विदेशमन्त्री डा. एस जयशङ्करसित मन्त्रीस्तरीय टू प्लस टू वार्ताको सहअध्यक्षता गर्नेछन्। त्यसपछि रक्षासचिव लयड आस्टिन र रक्षामन्त्री राजनाथ सिंहमाझ दुई पक्षीय बैठक सम्पन्न हुनेछ। टू प्लस टू वार्ता अनि द्विपक्षीय बैठक अवधि धेरैवटा रणनीतिक, रक्षा औ प्रौद्योगिकी मुद्दाहरूमाथि चर्चा हुने आशा छ। अमेरिकी सचिव लयड अस्टिनले यसपूर्व जून, २०२३ मा भारतको भ्रमण गरेका थिए। यस अवधि उनले रक्षामन्त्री राजनाथ सिंहसित पनि भेट गरेका थिए।

भारत औ अमेरिकामाझ टू प्लस टू मन्त्रिस्तरीय वार्ता हुनअघि बुधवार नयाँ दिल्लीमा पहिलो इण्डस-एक्स निवेशक सम्मेलन आयोजना गरियो। रक्षा मन्त्रालयको रक्षा उत्पादन विभाग अनि अमेरिकी रक्षा विभाग अन्तर्गत रक्षा उत्कृष्टताको लागि नवाचार (आई डेक्स)ले उक्त कार्यक्रम अवधि इण्डस-एक्स शैक्षिक श्रृङ्खला (गुरूकुल) पनि शुरू गऱ्यो। अमेरिकी रक्षा विभाग अन्तर्गत रक्षा नावाचार एकाई (डीआईयू)का निदेशक डौग बेकले अमेरिकी प्रतिनिधिमण्डलको नेतृत्व गरे भने भारतीय प्रतिनिधिमण्डलको नेतृत्व विवेक विरमानीले गरे।

पहिलो इण्डस-एक्स निवेशक सम्मेलन अवधि रक्षा क्षेत्रमा काम गरिरहेका स्टार्टअप औ सूक्ष्म, लघु एवं मध्यम उद्यम (एमएसएमई)मा निवेशकहरूको रूचि र इण्डस-एक्स पहल अन्तर्गत उदियमान अवसरहरूलाई प्रदर्शित गरियो। कार्यक्रममा स्टार्ट-अप, निवेशक, सरकारी अधिकारी औ रक्षा उद्योगका व्यापारिक प्रतिनिधिहरू सहित ५० चयनित व्यक्तिहरूमाझ प्यानल चर्चा पनि सम्पन्न गरियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement