दुबई एयर शोमा लड़ाकू विमान तेजस र ध्रुव हेलिकप्टरले देखाउनेछ भारतको शक्ति

45lfkjso_lca-tejas_625x300_07_October_19.jpg

नयाँ दिल्ली: दुबईमा आगामी १३-१७ नोभेम्बरसम्म आयोजना भइरहेको एयर शोमा भारतीय वायु सेना आफ्नो आकाशीय शक्ति प्रदर्शन गर्नका लागि अल मकतुम अन्तरराष्ट्रिय हवाईअड्डामा पुगिसकेको छ। भारतीय टीमले सर्वप्रथम आगामी १३ नोभेम्बरको उद्घाटन समारोहमा प्रदर्शन गर्नेछ अनि पछि विश्वका अऩ्य प्रमुख हवाई प्रदर्शन टीमहरूसित हवाई क्षेत्रलाई साझा गर्नेछ। यस एयर शोमा स्वदेशी लाइट कम्ब्याट एयरक्राफ्ट (एलसीए) तेजस र एडभान्स्ड लाइट हेलिकप्टर (एएलएच) ध्रुव आफ्नो चटक देखाउन तयार छ।

विङ्ग कमाण्डर आशीष मोघेले बताए, भारतीय वायु सेनाको टुकड़ी आगामी १३ देखि १७ नोभेम्बरसम्म आयोजना हुने दुई वार्षिकी दुबई एयर शोमा भाग लिनकालागि दुबईको अल मकतुम अन्तरराष्ट्रिय हवाईअड्डामा उत्रेको छ। वायु सेनाको टुकड़ीमा दुई स्वदेशी प्लेटफर्म लड़ाकू विमान एलसीए तेजस र एएलएच ध्रुव हेलिकप्टर सामेल छ। एयर शो अवधि तेजसले जमीन र हवाई दुवै प्रदर्शनमा भाग लिनेछ। सारङ्ग हेलिकप्टर डिस्प्ले टीमले आफ्नो एयरोबेटिक्स कौशलको प्रदर्शन गर्नेछ। दुबई एयर शोको २०२१ संस्करणमा भाग लिसकेको तेजस र सारङ्ग प्रदर्शन टीमहरूको लागि उक्त शोमा भीड़लाई मन्त्रमुग्ध पार्ने यो दोस्रो अवसर हो।

उनले बताए, वायु योद्धाहरू र सारङ्ग हेलिकप्टर डिसप्ले टीम परिवहन विमान सी-१७ ग्लोबमास्टर दुबई पुगिसकेको छ। यो अन्तरराष्ट्रिय एयर शो तेजस र ध्रुव जस्ता स्वदेशी प्लेटफर्महरूको सहभागिताको माध्यमबाट भारतीय विमानन उद्योगको तीव्र प्रगतिलाई प्रदर्शन गर्ने एउटा सुनौलो अवसर पनि हो।

विङ्ग कमाण्डर मोघेले अझ भने, भारतको हल्का लड़ाकू विमानलाई विश्वका धेरैवटा देशहरूले रूचाएका छन्। यसका गुणहरूले गर्दा अफ्रिकी र एशियाली देशहरूले यसमा चासो देखाएका छन्। यसैले यस एयर शोमा विश्वका देशहरूको भारतका लड़ाकू विमान ‘तेजस’ र युद्धमा विशेष काम लाग्ने खतरनाक ‘ध्रुव’-माथि फोकस रहनेछ। तेजस विमान भारतको विमानन इतिहासमा एउटा महत्वपूर्ण माइलखुट्टी हो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *