१९ जुलाईः सालुगढ़ा नेत्र बिन्दु संघको तत्त्वावधानमा गत वर्षहरू झैं यस साल पनि इण्डिपेण्डेन्स डे नक्आउट फूटबल टुर्नामेण्टको आयोजन गरिनेछ। स्थानीय जोयधर रोय प्राथमिक स्कूल मैदानमा हुने यस टुर्नामेण्टको शुरुवात २८ जुलाईदेखि हुनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै उपविजेता हुने टीमलाई ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। सालुगढ़ा नेत्र बिन्दु संघका अध्यक्ष छिरिंग तोपग्याल (बाबु लामा)-ले यसबारे जानकारी दिँदै संघको तत्त्वावधान हुने गोल्ड कप यस सालदेखि शीतकाल (विण्टर)-मा आयोजन गरिने अनि यस इण्डिपेण्डेन्स डे नक्आउट फूटबल टुर्नामेण्टमा उत्कृष्ट प्रदर्शन गर्ने टीमहरूलाई गोल्ड कपमा सीधै प्रवेश दिइने बताए। इण्डिपेण्डेन्स डे नक्आउट फूटबल टुर्नामेण्टमा अंशग्रहण गर्न इच्छुक टीमहरूका निम्ति पञ्जीकरण शुल्क ३ हजार रुपियाँ तोकिएको छ। टीमको नाम पञ्जीकरण गराउने अन्तिम मिति २४ जुलाई रहेको छ। टीमहरूले निम्न उल्लेखित नम्बरमा सम्पर्क गर्न सक्नेछः
दावा लामा (खेल सचिव)
७४७८७३३२३५