सिक्किमका राज्यपाल आचार्य कालेबुङमा आयोजित कार्यक्रममा सहभागी बने

n5548972001699461065473b01286eaaff9d4e0588bb39fe78542c17160f3cbdcbf43a4ad2ab52cf6087bcc.jpg

गान्तोक: कालेबुङ बजारको टाउन हलमा आज सोशियल इञ्जीनियरिङ समितिको तत्वावधानमा ‘भारतीय नेपाली गौरव अलङ्करण समारोह’ आयोजन गरियो। कार्यक्रममा सिक्किमका राज्यपाल लक्ष्मण प्रसाद आचार्य मुख्य अतिथि थिए।

विशिष्ट अतिथिको रूपमा दिल्ली विश्वविद्यालयका प्रो. डा. मनोज कुमार उपसिथत थिए। कार्यक्रममा राज्यपाल आचार्यलाई पारम्परिक तरिकाले भव्यरूपमा स्वागत जनाइयो।

कार्यक्रमलाई सम्बोधन गर्दै राज्यपालले भने, यस प्रकारको आयोजनले भाषा, साहित्य, संस्कृतिको संवर्धन र संरक्षणको कार्यलाई बढावा दिन्छ। साथै राष्ट्रिय एकतामा चेतना पोषित गर्न पनि मद्दत पुग्दछ।

यस अवसरमा रंगारंग सांस्कृतिक कार्यक्रम पनि आयोजन गरिएको थियो, जसमा नेपाली संस्कृतिमाथि आधारित देउसी-भैलो र मारुनी नृत्य मुख्य आकर्षण थियो। राज्यपालले प्रशन्नता व्यक्त गर्दै भने, नेपाली समाजले आफ्नो संस्कृतिमाथि गौरव गरेर यसलाई संरक्षित गर्दै अगाडि बढाउने काम गरिरहेको छ।

उनले अघि भने, हामी सदैव आफ्नो जरासॅंग जोडिएर बस्नु आवश्यक छ, किनकि जरा बलियो छ भने हाम्रा हॉंगाहरू पनि बलियो हुनेछन्। हामी आफ्ना भावी पीढीलाई केही दिन सक्छौ भने त्यो हाम्रो संस्कृति, रीति-रिवाज हो, जसको माध्यमद्वारा उनीहरू हाम्रो सांस्कृतिक धरोहरलाई अगाडि बढाउन सक्छन्।

कार्यक्रममा विभिन्न क्षेत्रमा उल्लेखनीय काम गरिरहेका मानिसहरूलाई सम्मानित गरियो। राज्यपालले भारतीय नेपाली गौरव सम्मानले सम्मानित सबैलाई बधाई एवं शुभकामना दिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement