जोरथाङमा जल दिवाली, पानीका लागि महिला महिलाका लागि पानी अभियान सम्पन्न

n5548971941699460537006a0f740c708fd5ea1c73b3a43ea195e092a05a13a72eca885ddbb85dc2db3defc.jpg

नाम्ची: जल दिवाली, पानीका लागि महिला महिलाका लागि पानी अभियान आज जोरथाङको डॉंड़ागाउॅंस्थित वाटर ट्रीटमेन्ट प्लान्टमा सम्पन्न गरियो। यस अवसरमा नयॉं बजार जोरथाङ नगर पञ्चायतका विभिन्न स्वयं सहायता समूहका ३० महिला सदस्यहरूले प्लान्ट भ्रमण गरेर प्लान्टमा पानी परीक्षण गर्ने सुविधा लगायत अन्य विषयहरूमा जानकारी लिए।

यो अभियानलाई भारत सरकारको आवास एवं शहरी मामिला मन्त्रालय, सिक्किम सरकारको शहरी विकास विभाग, दीनदयाल अन्त्योदया योजना-राष्ट्रिय शहरी आजीविका मिशन र अटल मिशन फर रिजुभेनेशन एण्ड अर्बन ट्रान्सफर्मेसनले समर्थन गरेको बताइएको छ।

पीएचई विभागका डीई वाईपी अधिकारीले सदस्यहरूलाई फिल्टरबाट क्लोरिनेशनसम्मको पानी प्रशोधनमा संलग्न प्रक्रिया र शहरका विभिन्न भागहरूमा पानी कसरी वितरण गरिन्छ भन्ने बारे जानकारी गराए। टोलीले घरधुरीमा सुरक्षित र स्वच्छ खानेपानी वितरणमा अपनाउने विधिबारे पनि जानकारी लिए।

साथै, कार्यक्रमको क्रममा स्वयं सहायता समूहका सदस्यहरूले आफ्ना सुझाउ र जिज्ञासाहरू पनि राखेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement