१९ जुलाईः मिक्स-अप् सेभेन, बुद्ध ग्राम (खरसाङ)-को तत्त्वावधानमा आयोजित पहिलो गोर्खा शहीद च्यालेञ्ज ट्रफी सेभेन ए साइड नक्आउट फूटबल टुर्नामेण्टमा मंगलवार पहिलो क्वार्टर फाइनल म्याच खेलियो। स्थानीय मण्टिभियट खेल मैदानमा आज भएको पहिलो म्याच आयुष सेभेन सुकनाले भूमिपुत्र एफसी (मतिगढ़ा)-लाई टाईब्रेकरमा ५-४-ले पराजित गऱ्यो। नियमित समयको खेलमा स्कोर २-२-को बराबरीमा रहेको थियो। विजेता टीमका अनित राईलाई प्लेयर अव् द म्याच चयन गरियो। अब बुधवार खेलिने दोस्रो क्वार्टर फाइनलमा गोर्खा बोइज खरसाङ र मुनाल एफसी सोनादाबीच भिड़न्त हुनेछ। फाइनल २७ जुलाईमा खेलिनेछ।