सिलगढीः सिलगढीमा फेरि एकपल्ट विशेष अपरेशन ग्रुप र प्रधाननगर पुलिसले ठूलो परिमाणमा प्रतिबन्धित पटेका बरामद गरेको छ। वार्ड नम्बर ४६ अन्तर्गत नर्मदा बगान क्षेत्रको एक घरबाट करिब एक करोड रुपियाँ बराबरको पटेका बरामद भएको छ। यस घटनामा एकजना पक्राउ परेका छन्। दिपावलीका लागि नर्मदा बगान क्षेत्रको एक घरमा ठूलो परिमाणमा प्रतिबन्धित पटेका भण्डार गरिएको थाहा भएको छ। यहाँबाट पटेका सहरका विभिन्न भागमा पठाइएको थियो। गोप्य सूचना पाएपछि विशेष अपरेशन ग्रुप र प्रधाननगर पुलिसले अप्रेसन गरेको थियो। यस घटनामा एकजना पक्राउ परेका छन्। पुलिसले सम्पूर्ण विषयमा अनुसन्धान गरिरहेको छ।