मन्त्री ज्योतिप्रिय मल्लिककी पत्नी र छोरीलाई पनि नोटिस पठाउने तयारीमा ईडी

IMG-20230410-WA0169-11-300x172-2

कोलकाताः प्रवर्तन निदेशालय (ईडी) ले राज्यमा करोड़ौं रूपियाँको राशन वितरण मामिलामा पक्रा परेका पश्चिम बंगालका मन्त्री ज्योतिप्रिय मल्लिककी पत्नी र छोरीलाई पनि नोटिस पठाउने तयारी गरिरहेछ।

ईडीका एक अधिकारीले बताए, मामिलाको जाँच शुरू भएपछि मन्त्रीकी पत्नी मणिदीपा र उनकी छोरी प्रियदर्शनीको ब्याङ्क खाता केन्द्रिय जाँच एजेन्सीको नजरमा छ। २०१६ र २०१७ बीच मणिदीपा मल्लिकको सम्पत्ति ४५ हजार रूपियाँदेखि बढ़ेर छह करोड़भन्दा धेरै कसरी भयो यसलाई लिएर ईडीका अधिकारीहरू हैरान छन्। जाँच अधिकारीहरूद्वारा लगातार अन्तरालमा यी खाताहरूमा ठूलो लेनदेनको पत्तो लागेपछि केन्द्रिय जाँच एजेन्सीले तीनैको ब्याङ्क खातालाई फ्रीज पनि गरेको छ।

यस मामिलामा राज्यका निवर्तमान वन मन्त्री ज्योतिप्रिय मल्लिकलाई उनको सल्ट लेक आवासमा लगभग २० घण्टाको मेराथन छापामारी र तलाशी अभियानपछि २१ अक्टोबरमा ईडीले पक्राउ गरेको थियो। यसबीच ईडीले करोड़ौं रूपियाँको स्कूल भर्ती घोटालामा तृणमूल कांग्रेस विधायक एवं पश्चिम बंगाल प्राथमिक शिक्षा बोर्ड (डब्ल्यूबीबीपीई) का पूर्व अध्यक्ष माणिक भट्टाचार्यको संलिप्तताको मामिलामा पनि समानता देखेको छ।

त्यस मामिलामा अधिकारीहरूले कथित घोटालाको आयलाई टुङ्गो लगाउने उद्देश्यले भट्टाचार्यकी पत्नी सतरूपा र छोरा सौविकको ब्याङ्क खाताहरूको उपयोगमाथि नजर राख्यो। सतरूपा भट्टाचार्य़ वर्तमानमा जमानतमा छिन्, पिता र छोरा दुवै वर्तमानमा न्यायिक हिरासतमा छन्। अब यस्तै किसिमको स्थिति राशन वितरण भष्टाचार मामिलामा पनि बनिरहेछ।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement