विस अध्यक्षको राज्यपालसॅंग अपील, लम्बित विधेयकहरूलाई चॉंडो स्वीकृति प्रदान गरुन्

IMG-20230410-WA0169-11-300x172-2

कोलकाताः पश्चिम बंगाल विधानसभाका अध्यक्ष बिमान ब्यानर्जीले राज्यपाल सीवी आनन्द बोससॅंग सदनमा पारित भएपछि उनलाई पठाइएका विधेयकहरूलाई स्वीकृति दिन अनुरोध गरेका छन्। उनले राज्यपाललाई पत्र लेखेर अनुरोध गरेका छन्।

एक दिनअघि उच्चतम न्यायालयले भनेको थियो, राज्यपालहरू जनताका निर्वाचित प्रतिनिधि होइनन् भन्ने कुरामा अनविज्ञ रहनु हुॅंदैन। न्यायालयले सलिसिटर जेनरल तुषार मेहतालाई विधानसभाद्वारा पारित गरिएका विधेयकहरूमाथि पंजाबका राज्यपाल बनवारीलाल पुरोहितद्वारा गरिएको कारबाहीको विवरण रेकर्डमा राख्न निर्देश दिएको थियो।

यसपछि विमान ब्यानर्जीले राज्यपाल समक्ष लम्बित विधेयकहरूमाथि प्रकाश पार्दै भने, २०११ देखि कुल २२ विधेयक राजभवनमा स्वीकृतिको प्रतीक्षामा छ। तीन विधेयक २०११ देखि २०१६, चार २०१६ देखि २०२१ सम्म र २०२१ देखि अहिलेसम्म १५ विधेयक बिना कुनै कारबाही लम्बित छन्। यस मध्ये छ विधेयक अहिले सीवी आनन्द बोसको समीक्षा अधीन छन्।

संविधानले राज्यपाललाई विधेयकहरू रोकेर राख्ने अधिकार दिॅंदैन भनी उनले बताएका छन्। राज्यपालले शीर्ष अदालतको टिप्पणीलाई पालन गर्नेछन् भनी विधानसभा अध्यक्षले आशा व्यक्त गरेका छन्।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement