घूस लिँदै गरेकी महिला लाट मण्डल रेड ह्याण्डेड पक्राउ

pratidintime_2023-11_7b3082ed-890c-4b3d-b8cd-4af2379ce553_for_web_PT_new_Recovered___2023_11_08T151453_258.jpeg

गुवाहाटी: राज्यको सतर्कता एवं भ्रष्टाचार निरोधकको निदेशालयको टीमले बुधवार शिवसागर जिल्लाको डिमौ राजस्व सर्कलकी लाट मण्डल (लेखपाल) लाई घूस लिँदै गरेको रेड ह्याण्डेड समायो।

जानकारी अनुसार, लाट मण्डल पूर्णिमा गोगोईले भूमि पट्टा सम्बन्धी मामिलाको निष्पादनको निम्ति शिकायतकर्ताबाट २५०० रूपियाँको घूस मागेकी थिइन्। पछि उनी एक हजार आठ सय रूपियाँमा काम गर्न तयार भइन्। तर शिकायतकर्ताले सतर्कता र भ्रष्टाचार निरोधक निदेशालयसित यसको शिकायत गऱ्यो।

यसैको आधारमा सतर्कता र भ्रष्टाचार निरोधकको एक टीमले योजना बनाएर डिमौ थानान्तर्गत सुकनपुखुरी पञ्चायत कार्यालय सामू लाट मण्डल पूर्णिमा गोगोईलाई शिकायतकर्तालाई एक हजार ८०० रूपियाँ लिँदै गरेको रेड ह्याण्डेड समायो र घूसको रकम जफत गरियो। यस सम्बन्धमा एसीबी थानामा एसीबी पीएसले मामिला दर्ता गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement