मनरेगा, आवास योजना र ग्राम सड़क योजनाको रकम रोकेर राखेको विरुद्ध तृणमूल युवा कंग्रेसको पथसभा

dcd8168e-0e88-4c32-a24b-86654c360caf

कालचिनीः केन्द्रको भाजपा सरकारले आजसम्म बंगालको मानसिहरूले कमाएको मनरेगाको पैसा साथै आवास योजना एवम् ग्राम सड़क योजनाको रकम नदिएको विरोधमा बुधबार तृणमूल युवा कंग्रेसको पक्षबाट कालचिनीमा पथसभा सम्पन्न भयो।
उक्त पथसभामा तृणमूल कालचिनी ब्लक सभापति बिरेन्द्र बारा उराँव, युवा सभापति पवन योल्मो, अञ्चल नेता अतिश छेत्री, हैदर अली अन्सारी, असीम पाखरीन एवम् अन्यान्य नेतृत्वहरूको उपस्थिति रहेको थियो। पथसभामा केन्द्र सरकारले बंगालको जनतालाई शोषण गरिरहेको र राजनैतिक बदला स्वरूप पञ्चायती विकासको रकम रोकेर राखेको उपस्थित नेताहरुले आह्वान गरे।
कमान बन्द भएको मुद्दालाई लिएर भाजपा विधायक र सांसदले नाटक गरेको पनि तृणमूल नेताहरूले आरोप लगाए। बुधबार यसै क्रममा तृणमूल नेता गंगाप्रसाद शर्मा र बिरेन्द्र बारा उराँवले पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै डुवर्सकन्या परिसरमा भाजपा विधायक विशाल लामा र सांसद तथा केन्द्रिय मन्त्री जोन बारलाले नाटक गरेको कटाक्ष गरे। चियाकमानको निम्ति दिने भनेको १ हजार करोड़ रुपियाँ कहाँ हराए र कमानलाई अधिग्रगण गर्छु भन्ने देशको प्रधानमन्त्री नरेन्द्र मोदीले अन्ततः डन्कन्स समूहमा पर्ने मदारीहाट बीरपाड़ा खण्डको चियाकमान खोलाउन नसकेको बरु राज्य सरकारको पहलमा अहिले कमानहरू सञ्चालित भईरहेको जनाएका छन्। चियाश्रमिकहरूको हितमा केन्द्रले केवल जुम्लाबाजी गरेको तर माँ, माटी र मानुसको सरकारले चियाश्रमिकको रोज कहाँ ६९ रुपियाँबाट २५० बनाएको बेला अहिले भाजपाका सांसद तथा मन्त्री जोन बारला र विधायक विशाल लामाले नौटंकी देखाएको आरोप लगाए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement