उपचारपछि घाईते नर हात्तीलाई सकुशल जंगलमा छाड़ियो

IMG_20231108_210823.jpg

कालचिनीः मंगलाबार बक्सा ब्याघ्र प्रकल्प पूर्व डिभिजन अन्तर्गत नरथली बिल नजिक एउटा जंगली नर मकुना हात्ती (उमेर करिब ४० वर्ष) लङ्गडा अवस्थामा फेला परेको थियो। उक्त हात्तीको घुँडाको जोर्नीमा केही समस्या रहेकोले‌राम्ररी हिँड्न नसकिरहेको अवस्था देखेर नरथली वाच टावरका क्षेत्रीय वन कर्मचारीहरूले तुरुन्तै यसको जानकारी डीएफडी समक्ष दिएपछि घटनास्थलमा डा. लिटन पलको नेतृत्वमा बक्सा ब्याघ्र प्रकल्पको भेटनरी टोली घटनास्थलमा पुगेर टोलीले हात्तीलाई ट्र्यान्कुलाइज गरेर उपचार गरेको थियो। उक्त घाईते घाईते हात्तीलाई उपचार गर्न चन्दन नामक कुन्की हात्तीको मदत लिएको बन विभागले जनाएका छन्।
बक्सा ब्याघ्र प्रकल्पको पुर्व डिभिजनका डीएफडी देवाशीष शर्माले जंगली हात्तीलाई नियन्त्रणमा लिएर शान्त ढङ्गमा उपचार गरेपछि पुनः जंगलमा छोड़िएको जनाएका छन्। पूर्ण रूपमा निको नभएसम्म उक्त हात्तीलाई निगरानीमा राखिने बताईएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *