डुवर्सकन्या परिसरबाट वृहत आन्दोलनको चेताउनी दिँदै धरना फिर्ता

5b45aa33-0715-4973-aca0-a1f5a2e170e2

अलिपुरद्वारः बन्द कालचिनी र राईमाटाङ चियाबारीको श्रमिकहरूले प्रशासनिक राहत आजसम्म नपाएको र यो कमानहरूलाई यथाशीघ्र खोल्न पहल जिल्ला प्रशासनले गर्नुपर्ने दाबी लिएर बुधबार कालचिनी र राईमाटाङ चियाबारीको श्रमिकहरू लिएर भाजपा निर्वाचित कालचिनी विधायक विशाल लामा र अलिपुरद्वार सांसद तथा केन्द्रिय मन्त्री जोन बारला अलिपुरद्वार जिल्ला प्रशासनिक भवन डुवर्सकन्यामा जिल्ला शासक भेट्न गएका थिए तर डुवर्सकन्या पस्न अघि नै विशाल पुलिस वाहिनीले ब्यारिकेड लगाएर विधायक र सांसद एवम् श्रमिकहरूलाई रोकेर राखे। यसले कालचिनी विधायक विशाल लामा र सांसद तथा केन्द्रिय मन्त्री जोन बारलाले जिल्ला शासकले जबसम्म भेटने समय दिँदैनन् तबसम्म डुवर्सकन्या अघि धरना बस्ने अड़ान लिएको थियो। यस अवधि विधायक लामा र सांसद तथा केन्द्रिय मन्त्री जोन बारलाले प्रशासनले आतङंकवादीलाई सरह व्यावहार गरेको र जिल्ला शासकलाई फोनमा सम्पर्क गर्दा पनि कुनै जवाफ नदिएको आरोप लगाउँदै जिल्ला शासक पनि शासक दलको भएर काम गरेको आरोप समेत लगाए।
अपरान्हसम्म पनि जिल्ला शासकको पक्षबाट भेटवार्ताको संकेत नपाएपछि अन्ततः सांसद तथा केन्द्रिय मन्त्री जोन बारलाले बन्द कालचिनी र राईमाटाङ चियाबारीको श्रमिकहरूको लागि कुनै राहत प्रशासनले नगरे वृहत आन्दोलनमा ओर्लिने चेताउनी दिएका छन्। कालचिनी विधायक विशाल लामा र सांसद तथा केन्द्रिय मन्त्री जोन बारलासितै कालचिनी र राईमाटाङ चियाबारीको श्रमिकहरू डुवर्सकन्या परिसरमा पुग्दा विशाल पुलिस वाहिनीले ब्यारिकेड लगाएर भीड़ रोक्दा स्तिथि झण्डै तनाउपूर्ण बनेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement