चिया कमान श्रमिकहरूको साथ केन्द्रिय मन्त्री जन बारला धरनामा

Capture1-5.png

अलीपुरद्वार: केन्द्रिय राज्य मन्त्री जन बारला जिल्लाको डुवर्सकन्या प्रशासनिक भवन सामू बुधवार बन्द चिया कमान श्रमिकहरूको साथ धरनामा बसेका छन्। यस अवधि उनको साथ कालचीनी विधायक विशाल लामा पनि थिए।

वस्तुतः केन्द्रिय मन्त्री जन बारलाले श्रमिकहरूलाई उनी बन्द चिया कमानको समस्याको समाधानको निम्ति अलीपुरद्वारका जिल्लाधिकारीसित भेट गर्ने भनेका थिए। यसैले आज उनी र विधायक विशाल लामा बन्द चिया कमानका श्रमिकहरूको साथ अलीपुरद्वारका जिल्लाधिकारीसित भेट गर्न डुवर्सकन्या पुगे। यस अवधि पुलिस प्रशासनले डुवर्सकन्या सामू ब्यारिकेड लगाएर उनलाई भित्र जानदेखि रोकेको आरोप छ। जसपछि केन्द्रिय मन्त्री श्रमिकहरूको साथ धरनामा बसे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement