नयाँ दिल्ली: भारतीय वायु सेनाले रूसबाट प्राप्त एयर डिफेन्स मिसाइल सिस्टम एस-४०० को नाम भगवान कृष्णको हतियार ‘सुदर्शन चक्र’ राखेको छ। अहिलेसम्ममा तीनवटा स्क्वाड्रन भारतमा आइसकेको छ भने रहल दुईवटाको आपूर्ति आगामी २०२४ सम्ममा हुनसक्छ।
वायु सेनाले चीनसित गाँसिएको उत्तरपूर्व क्षेत्रमा भारतीय सेनासित भएको ‘आकाश पूर्वी’ अभ्यासमा पहिलो पटक एस-४०० लाई सामेल गऱ्यो। यूक्रेन युद्धको कारणले रहल दुईवटा एस-४०० को आपूर्तिमा ढिल्याई हुने सम्भावनालाई मध्यनजर गर्दै भारतले आफै एयर डिफेन्स मिसाइल सिस्टम एस-४०० बनाउने फसेला लिएको छ।
चीन र पाकिस्तानको खतरालाई मध्यनजर गर्दै भारतलाई शक्तिशाली रूसी एयर डिफेन्स सिस्टम एस-४०० को ठूलो आवश्यक्ता थियो। यसैले पूर्व वायु सेना प्रमुख एयर चीफ मार्शल आरकेएस भदौरियाको कार्यकालमा भारत-रूसमाझ भएको पाँच स्क्वाड्रन एस-४०० मिसाइल सिस्टमको सौदा ३५ हजार करोड़ रुपियाँमा भएको थियो। यूक्रेनसितको युद्ध भइरहेको अवस्थामा पनि रूसले अहिलेसम्ममा तीनवटा एस-४०० मिसाइल डिफेन्स सिस्टमको आपूर्ति गरिसकेको छ जबकि दुईवटा सिस्टम आपूर्ति हुन बाँकी नै छ।