नयाँ दिल्ली: यू-१९ एसिया कप क्रिकेटमा भारत नेपाल , पाकिस्तान र अफगानिस्तानको समूहमा परेको छ। एसियाली क्रिकेट काउन्सिल एसीसीले सार्वजनिक गरेको खेल तालिका अनुसार नेपालले पहिलो खेल डिसेम्बर ८ मा पाकिस्तानसँग खेल्ने छ। यस्तै नेपालको दोस्रो खेल डिसेम्बर १० मा अफगानिस्तानसँग र तेस्रो खेल १२ डिसेम्बरमा भारतसँग हुने छ ।समूह बीमा भने आयोजक यूएईसहित बंगलादेश, श्रीलंका र जापान छन्। समूहका २ शीर्ष टोली सेमिफाइनलमा पुग्ने छन्। फाइनल खेल १७ डिसेम्बरमा हुने छ।