राष्ट्रपति मुर्मूले गरिन् भगवान बदरी-विशालको दर्शन

p2eis098_murmu-badrinath_120x90_08_November_23.jpg

गोपेश्वर: राष्ट्रपति द्रौपदी मुर्मूले बुधवार उत्तराखण्डस्थित भू-बैकुण्ठ धाममा पुगेर भगवान बदरी-विशालको दर्शन गरिन्। मन्दिरमा लगभग २५ मिनटसम्म पूजा गरेर राष्ट्रपतिले देशको सुख-समृद्धि-खुसियालीको कामना गरिन्। बदरीनाथ धामको आगमनमा उत्तराखण्डका राज्यपाल लेफ्टिनेन्ट जनरल (सेनि) गुरमित सिंह र मुख्यमन्त्री पुष्कर सिंह धामीले राष्ट्रपतिलाई स्वागत गरे।

राष्ट्रपति द्रौपदी मुर्मू कड़ा सुरक्षा व्यवस्थाबीच भारतीय वायुसेनाको हेलिकप्टर मार्फत बुधवार बिहान १०:२० बजे बदरीनाथ आर्मी हेलिप्याड आइपुगिन्। हेलिप्याडमा राज्यपाल लेफ्टिनेन्ट जनरल (सेनि) गुरमित सिंह, मुख्यमन्त्री पुष्कर सिंह धामी, बीकेटीसीका अध्यक्ष अजेन्द्र अजय औ अन्य जनप्रतिनिधिहरू सहित जिल्लाधिकारी हिमांशु खुराना, पुलिस अधीक्षक रेखा यादवले राष्ट्रपतिलाई स्वागत गरे।

यहाँबाट राष्ट्रपति आफ्नो लावा-लश्करसितै भगवान बदरी-विशालको मन्दिरमा पुगिन् अनि मन्दिरमा बदरी विशालको वेद पाठ साथै विशेष पूजा गरिन्। बदरीनाथ धामका मुख्य पुजारी रावल ईश्वर प्रसाद नँबदारी तथा तिर्थ पुरोहितहरूले वैदिक मन्त्रोच्चारणको साथमा विधिवत पूजा गराए। मन्दिर समितिका अध्यक्ष अजेन्द्र अजय, उपाध्यक्ष किशोर पँवार एवं अन्य पदाधिकारीहरूले राष्ट्रपतिलाई भगवान बदरी-विशालको प्रसाद र अङ्गवस्त्र भेंट गरे।

मुख्यमन्त्री पुष्कर सिंह धामीले मन्दिर परिसरमा राष्ट्रपतिलाई भोजपत्रमा बनाइएको बदरीनाथ मन्दिरको प्रतिकृति, आरती एवं स्थानीय उत्पादहरूको ढाकी भेंट गरे। भू-बैकुण्ठ धामको अलौकिक सुन्दरता देखेर राष्ट्रपति अभिभूत भएको देखियो। मन्दिरबाट बाहिरिने क्रममा उनले हात हल्लाएर बदरीनाथ धाम पुगेका अन्य श्रद्धालुहरूलाई अभिवादन गरिन्। पूजा-अर्चनापछि राष्ट्रपति बदरीनाथदेखि सोझै श्रीनगर तर्फ प्रस्थान भइन्।

राष्ट्रपतिको भ्रमणलाई ध्यानमा राखेर प्रशासनले भगवान बदरीनाथ धाममा सुरक्षाको कठोर बन्दोबस्त गरेको थियो। यस अवधि जिल्लाधिकारी हिमांशु खुराना, पुलिस अधीक्षक रेखा यादव, सीडीओ एलएन मिश्र, एडीएम डा. अभिषेक त्रिपाठी, सयुंक्त मेजिस्ट्रेट डा. दीपक सैनी, एसडीएम कुमकुम जोशी, मुख्य कार्याधिकारी योगेन्द्र सिंह, धर्माधिकारी राधाकृष्ण थपलियाल, मीडिया प्रभारी डा.हरिश गौड़ आदि उपस्थित थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement