सिलगढी: दुष्कर्म पीडितले न्याय नपाएको गुनासोमा मीनाक्षी मुखर्जीले सत्तारुढ दल र प्रतिपक्ष दुवैलाई जिम्मेवार ठहराएकी छिन्। डीवाईएफआईकी नेतृ मीनाक्षी मुखर्जीको इन्साफ यात्रा जुलुस घोषपुकुर पुग्दा सामूहिक पीडित आदिवासी महिला उनलाई भेट्न आइन्। पुलिस चौकीमा उजुरी दिए पनि अभियुक्तहरु खुलेआम हिँडिरहेको उनले आरोप लगाएकी छिन्। यति मात्र होइन, धम्कीसमेत दिएको पनि उनको भनाई छ। डीवाईएफआई नेतृ मीनाक्षी मुखर्जीले राज्य सरकार, विपक्षी र प्रशासनको कडा आलोचना गरेकी छिन्। उनले यस क्षेत्रबाट लोकसभा-विधानसभा चुनाव जित्ने व्यक्ति भाजपाको प्रतिनिधि भएको बताइन्। उनले भनिन्, ‘राज्यमा तृणमूलको सरकार छ। मुख्यमन्त्री ममता ब्यानर्जी आफैं पुलिस मन्त्री भए पनि राज्यभर एकपछि अर्को महिलाहरू माथि दुष्कर्मको घटना भइरहेका छन्, पछिल्लो तीन–चार महिनामा सिलगढीमा नै ५–६ वटा घटना भएका छन्। जुन घटनाहरु अघि आएका छन्। पुलिसको डर वा राजनीतिक दबाबले प्रकाशमा नआउने घटना धेरै छन्l’ ‘यो उचित हो कि?’, भन्दै उनले प्रश्न गरिन्।