मिरिक महकुमाको ६ वटा ग्राम पञ्चायत अनि नगरपालिका क्षेत्रका ६० जना तृणमूल कङ्ग्रेसका कार्यकर्ताहरू कोलकता प्रस्थान

TMC_flag_Trinamool_flag_-_PTI.jpg

मिरिक: आगामी २१ जुलाईको दिन तृणमूल कङ्ग्रेसको आयोजनामा कोलकताको ब्रिगेडमा हुने जनभेलामा सहभागी बन्न मिरिक महकुमाको ६ वटा ग्राम पञ्चायत अनि नगरपालिका क्षेत्रका ६० जना तृणमूल कङ्ग्रेसका कार्यकर्ताहरू आज साँझ कोलकता प्रस्थान गर्ने भएका छन्। तृणमूल कङ्ग्रेस मिरिक महकुमा अध्यक्ष अनिल छेत्रीले यसबारे जानकैरी दिँदै भने, आगामी २१ जुलाईको ब्रिगेड भेलामा सहभागी हुन जानेहरू आज बिहान सबैजना पानीघट्टामा भेला भएपछि एनजेपीबाट साँझ रेलमार्फत कोलकाता जानेछन। बिग्रेड भेलामा सहभागी बन्न जानेहरूमा हिल्स तृणमूल कङ्ग्रेस चेयरम्यान एलबी राई, तृणमूलका सभासदहरू मिलेस राई, धुर्ब बमजन र परेश तिर्की लगायत सभासद अरूण सिग्ची पनि आज नै कलकत्ता प्रस्थान गर्ने जानकारी प्राप्त भएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement