सन्त अल्फन्सेस उच्चत्तर विद्यालयमा भानु जयन्ती पालन

IMG-20220719-WA0119.jpg

खरसाङ: खरसाङको सन्त अल्फन्सेस विद्यालयमा भानु जयन्ती पालन गरिएको छ। विद्यालयको प्रधानाध्यपक फादर केभिन मोक्तानको अध्यक्षतामा उक्त कार्यक्रम सम्पन्न भएको छ। विद्यालयको सह शिक्षक राजेन खवासले भानुभक्तको जीवनी पठन साथै सञ्चालन गरेको कार्यक्रममा बाह्रौं श्रेणीका छात्रवर्गले रामायण पाठ गरे भने छात्र प्रत्युस छेत्रीले संगीता थापाद्वारा रचित कविता पड़ेर सुनाएका थिए।

त्यसरी नै छात्र अनुकरण खवासले नेपाली साहित्यमा भानुभक्तको योगदान विषयमा लिखित लेख पठन गरेका थिए। सह शिक्षक नवराज शर्माले स्वरचित कविता भानु बाजेलाई प्रश्न पठन गरेका थिए। कार्यक्रमको अन्त्यमा अध्यक्षताको सम्भाषण साथै धन्यवाद सहित कार्यक्रमको समापन भएको जानकारी विद्यालयको सह शिक्षक सपन सुब्बाले दिएका छन् ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement