राजगञ्जः राजगञ्जमा तृणमूल कांग्रेसको विजयी र्याली आयोजित गरिएको थियो। आज उक्त विजया सम्मेलन जलपाइगढी जिल्ला तृणमूल कांग्रेस कमिटी र राजगञ्ज ब्लक तृणमूल कांग्रेस कमिटीको नियन्त्रणमा आयोजित गरिएको थियो।
यो कार्यक्रम शरयम यशोधर हाईस्कुलमा आयोजना गरिएको थियो । आज जलपाइगढी जिल्ला तृणमूल कांग्रेस जिल्ला अध्यक्ष महुआ गोप र राजगञ्ज विधायक खगेश्वर राईले दीप प्रज्वलन गरेर कार्यक्रमको सुरुवात गरे।
आज अभिषेक ब्यानर्जीको ३६ औं जन्मदिन केक काटेर मनाइएको छ । यस क्रममा जलपाईगुडी विधायक प्रदीप कुमार वर्मा, महिला जिल्ला विधानसभा नेता नूरजहाँ बेगम, किसान खेतमाजुर जिला अध्यक्ष दुलाल देवनाथ, तृणमूल कांग्रेस राजगञ्ज ब्लक अध्यक्ष अरिन्दम बनर्जी र अन्य उपस्थित थिए।