सिक्किम चेस एसोसिएशनले जनायो पूर्वोत्तर च्याम्पियनशीपका विजेता राहुल गुरुङलाई अभिनन्दन

sikkim-chess-players.jpg

गान्तोक: सिक्किम चेस एसोसिएशनले २१औं नर्थइस्ट फिडे रेटिङ चेस च्याम्पियनशीपमा विजेता बनेका सिक्किमका राहुल गुरुङलाई अभिनन्दन जनाएको छ। पछिल्लो २१ देखि २७ अक्टोबरसम्म अरुणाचल प्रदेशको इटानगरमा आयोजित प्रतियोगितामा राहुल गुरुङ ओभरअल च्याम्पियन बनेका बनेका थिए।

उनलाई आज प्रेस क्लब अफ् सिक्किमा सिक्किम चेस एसोसिएशनका पदाधिकारीहरूले अभिनन्दन जनाए भने भविष्यका लागि शुभकामना व्यक्त गरेका छन्। पूर्वोत्तर क्षेत्रका आठवटै राज्यका खेलाडीहरूको सहभागितामा आयोजित प्रतियोगितामा सिक्किमका रोहित गुरुङ छैटौं स्थानमा आउन सफल भएका छन् भने थेण्डुप तामाङ र प्रखर दङ्गरले सान्तवना पुरस्कार प्राप्त गरेका छन्।

यसै प्रतियोगिता अन्तर्गत सिक्किमका पाँचजना नयाँ चेस खेलाडीले अन्तररष्ट्रिय रेटिङ प्राप्त गरेका छन्। सिक्किमका सोनाम तोप्देन शेर्पाले ११८२, शिवेस प्रधानले ११४२, अदेन लेप्चाले ११०६, छितेन दोर्जी भोटियाले १०९३ र निरव ढकालले १००८ रेटिङ प्राप्त गरेका छन्। पूर्वोत्तर क्षेत्रको प्रतियोगितामा राहुल गुरुङ विजेता बनेको यो तेस्रो अवसर हो।

सिक्किम चेस एसोसिएशनका महासचिव महेन्द्र ढकालले जानकारी दिएअनुसार, प्रतियोगितामा सिक्किमका 35 जना खेलाडीले भाग लिएका थिए। सिक्किम राज्यले यसपल्ट पनि पूर्वोत्तर क्षेत्रको चेस प्रतियोगितामा आफ्नो वर्चस्व बनाउन सफल रहेको दाबी गर्दै चेसमा सिक्किमको संतोषजनक प्रगति भइऱहेको बताए।

तेस्रो पल्ट पूर्वोत्तर चेस प्रतियोगिता जित्न सफल भएका राहुल गुरुङले सिक्किम चेस एसोसिएशनको लगातार सहयोगप्रति खुशी व्यक्त गरेका छन्। चेस खेलमा लामो फड्को मार्नसक्ने प्रतिभा आफूमा रहेको विश्वास व्यक्त गर्दै राहुल गुरुङले कतिपय अवस्थमा सहयोग मिलेको खण्डमा सिक्किममा माथिल्लो स्तरमा लानसक्ने आत्मविश्वास व्यक्त गरे।

सिक्किम चेस एसोसिएशनका महासचिव पूर्वोत्तर चेस फोरममा महासचिव र सिक्किमका अध्यक्ष पूर्वोत्तर फोरमको कोषाध्यक्ष पदमा चयनित भएकाले चेस खेलमा सिक्किमले थप प्रगति गर्नसक्ने एसोसिएशनलो विश्वास व्यक्त गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement