गान्तोक: सिक्किम उच्च न्यायालयका मुख्य न्यायाधीश एनके जैनले मुख्यमन्त्री राहत कोषमा आर्थिक सहयोग प्रदान गरेका छन्। पूर्व न्यायाधीश जैनले आज राज्यका मुख्य सचिव भीबी पाठकसँग भेट गर्दै मुख्यमन्त्री राहत कोषमा एक लाख रूपियाँ सहयोग गरेको विज्ञप्तिमा उल्लेख गरेको छ। उल्लेखनीय छ, गत ४ अक्टोबरको दिन राज्यमा आएको प्रकृतिक प्रकोपले धेरै धनजनको क्षति पुऱ्याएको छ।हाल राज्यलाई आर्थिकरूपमा मजबुत बनाउने उद्देश्यले विभिन्न संघ संस्था र व्यक्ति विशेषले सहयोग पुऱ्याउँदै आइरहेको छन्। यसैक्रममा आज सिक्किम उच्च न्यायालयका पूर्व मुख्य न्यायधीशले पनि आफ्नो तर्फबाट आर्थिक सहयोग प्रदान गरेका छन्।