नाम्ची: नाम्ची जिल्लाकी जिल्ला अध्यक्ष अञ्जिता राई लगायत अन्य अधिकारीहरूले नाम्ची जिल्लाको लोवर लिङगीदेखि राङला फाटक पुग्ने सडकको निरीक्षण गरे। लोवर लिङ्गीका जनताले उक्त सडक सम्बन्धि जिल्ला अध्यक्षलाई सिकायत गरेको कारण जिल्ला अध्यक्षले निरीक्षण गरेका हुन्।
निरीक्षणको क्रममा गत ४ अक्टोबरको दिन भएको प्रकृतिक प्रकोपले उक्त सडकलाई क्षति पुगेको थियो र यसै विषयलाई लिएर स्थानीयहरूले जिल्ला अध्यक्षलाई पत्रचार गर्दै सडक सम्बन्धि गुनासो साथै शिकायत गरेको जानकारी गराइएको छ।
निरीक्षणपछि जिल्ला अध्यक्षले सडक अनि पुल विभागका डीईलाई स्थानीयहरूको हितमा यातायातको निम्ति अस्थायी भएता पनि पुननिर्माण गर्नुपर्ने निर्देश दिएकी छन्। जतिसक्दो शीघ्र स्थानीयहरूलाई यातायातको व्यवस्था गरिनु पर्ने उनले निर्देश दिएकी छन्।