यस कार्यक्रमले जलवायुको क्षेत्रमा विश्वव्यापीरूपमा नेतृत्व गर्न सक्ने
गान्तोक: एसकेएम सरकारद्वारा शुरू गरिएको विभिन्न कार्यक्रम मध्ये पर्यावरण संरक्षणप्रति गरिएको पहल “मेरो रूख मेरो सन्तति” दुबईमा आयोजित सीओपी २८मा प्रदर्शन गरियो। यस अवसरमा भारत प्याभिलियनमा अन्तर्राष्ट्रिय दर्शकहरूलाई भारतको विश्वव्यापी जलवायु नेतृत्व प्रदर्शन गर्नको निम्ति मेरो रूख मेरो सन्तति कार्यक्रम चयन भएको मुख्यमन्त्री प्रेम सिंह तामाङले आफ्नो आधिकारिक फेसबुक पेज मार्फत जानकारी गराएका छन्। यसरी सिक्किम जस्तो सानो राज्यको कार्यक्रम विश्वको निम्ति उदाहरणीय बनेकोमा उनले खुशी प्रकट गर्दै राज्यवासीलाई बधाई दिएका छन्। राष्ट्रीयस्तरमा मान्यता पाएको यस कार्यक्रमले अब अन्तराष्ट्रीयस्तरमा छाप छोडन सक्ने उनले बताएका छन्।
यस कार्यक्रमलाई सफलतापूर्वक कार्यान्वयनको लागि जिम्मेवार समर्पित विभागका साथै सिक्किमका जनतालाई हृदयदेखि नै सहयोगको लागि हार्दिक बधाई दिएका छन्।
एमआरएमएस एउटा अनौठो प्रयास हो, जसमा राज्यमा एक जना नानीको जन्म हुँदा १०८ वटा विरूवा रोप्नु पहल शुरू गरिएको थियो।